काठमाडौ । सिटिजन्स बैंक लुटिएको छ । बैंकको मोरंगस्थित कर्सिया शाखा लुटिएको हो ।

प्राप्त जानकारी अनुसार बैंकमा डाकाहरुले गार्डमाथि हतियार चलाएर बैंक लुटेका हुन् । बैंक लुट्ने क्रममा हतियारको दोहोरो प्रयोग भएको बताइएको छ ।

कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा हतियार चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले पुष्टी गर्नुभएको छ ।

सो क्रममा ३ जना पक्राउ समेत परेको उहाँको भनाइ छ । प्रहरीले उनीहरुले लुटेको पैसासमेत बरामद गरेको बताइएको छ ।

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ : राष्ट्रपति सरिक हुने

नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुने छिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ ।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

सम्बन्धित खबरहरु