शंख धार्मिक रुपमा अति पवित्र बस्तुको रुपमा लिइन्छ । यो शुभकार्य र हिन्दुधर्मालम्वीहरुको अन्तिम संस्कारमा बाजाको रुपमा प्रयोग गरिन्छ ।

शंख घरमा राख्दा मात्रपनि भाग्य चम्किने देखि यसको प्रयोग गर्न जानेको खण्डमा अनेकौँ समस्याहरु समाधान हुनेछ । आज हामी यही बारे यहाँ जानकारी प्रस्तुत गर्दैछौ ।

१, शंखमा पानी संचित गरेर त्यसलाई पिउने चलन पनि छ । शंखमा राखिएको पानीमा क्याल्शियम, फस्फोरस जस्ता गुण रहेको हुन्छ । यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ ।

२, समुन्द्रबाट उत्पति भएको शंख घरमा राख्नु वा बजाउनुलाई अति शुभ मानिन्छ ।

३, बैज्ञानिक हिसाबले पनि यसको महत्व छ । शंख बजाउँदा पैदा हुने आवाजले वातावरणमा रहेको कति हानिकारक जीवाणु नष्ट हुन्छ ।

४, शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ । दमका रोगीलाई बेलुन फुक्न लगाएर जुन किसिमको उपचार विधी अपनाइन्छ, त्यसैगरी शंख फुकेर पनि श्वासप्रश्वास क्रियालाई चुस्त राख्न सकिन्छ ।

५, वास्तुशास्त्रका अनुसार शंखमा यस्ता केहि गुण हुन्छ, जसले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ । शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।

६, कब्जियत हटाउन ः यदि तपाईलाई कब्जियत छ भने शंखमा पानी भरेर राख्नुपर्छ, बिहान खाली पेट उक्त पानी सेवन गर्नाले कब्जियत ठीक हुन्छ ।

७, आँखाको स्वस्थ्यका लागि ः आँखालाई लामो समयसम्म निरोगी एवं स्वस्थ्य राख्नका लागि एक रातभर शंखमा राखेको पानीले आँखा धुनुपर्छ ।

८, अनुहारको सुन्दरताको लागि ः शंखमा राखिएको पानीले अनुहारमा मसाज गरियो भने यसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।

९, केसका लागि ः शंखमा राखिएको पानीलाई गुलाब जल मिसाएर केस धुनुपर्छ, केस बलियो, मुलायम र बाक्लो हुन्छ ।

के हो शंख ?

समुन्द्र मन्थनबाट प्राप्त भएको चौध रत्नमा एक रत्न हो शंख । हिन्दु धर्ममा शंखको खास महत्व छ । यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ ।

शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ । यसले धर्तीलाई जागृत गराउँछ । शंख मूख्यतः तीन प्रकारको हुन्छ, दक्षिणावर्ती, मध्यावर्ती र वामावर्ती । यसमध्ये मध्यावर्ती शंख एकदमै दुर्लभ हुन्छ ।

 

सम्बन्धित खबरहरु