मुम्बई । मुम्बई क्रुज ड्रग्स पार्टीको केसमा जेलमा रहेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अक्टोबर १३ अर्थात् यो बुधबारसम्म आर्थर रोडमा रहेको न्यायिक हिरासतमै बस्नुपर्ने भएको छ । उनको जमानतको मामलामा बुधबार दिउँसो २ः४५ मा सुनुवाई हुँदैछ ।

गत शुक्रबार आर्यनको जमानत निवेदन अदालतले अस्वीकार गरेपछि उनले पुनः अर्को नयाँ जमानत निवेदन अदालतमा दिएका थिए ।

आर्यनको पैरवी गर्नका लागि ‘हिट एण्ड रन’ मुद्धामा सलमान खानको पक्षमा वकालत गर्ने वकिल अमित देसाई अदालत पुगेका थिए ।

यद्यपि यो मामलाको सुनुवाई अक्टोबर १३ मा विशेष एनडीपीएस कोर्टमा हुनेछ । यता एनसीबीले जवाफ दिनका लागि अदालतसँग समय मागेको छ ।

‘यो निकै स्वाभाविक हो । यदि अदालतले जमानत निवेदन खारेज गरिदियो भने हामी यसकाविरुद्ध उच्च न्यायालयमा जानेछौं । हामीले मुम्बईको विशेष एनडीपीएस कोर्टमा जमानत निवेदन दर्ता गराएका छौं’ आर्यनका वकिल सतीश मानशिन्देले भनेका छन् ।

आर्यनको जमानत निवेदनमा उनीबाट कुनै किसिमको ड्रग्स बरामद नभएको र आरोपीसँग उनको कुनै साँठगाँठ नभएको उल्लेख गरिएको छ । यसबाहेक आर्यनले ड्रग्स नलिएको या लिएको भन्ने कुनै प्रमाण नभेटिएको निवेदनमा दाबी गरिएको छ ।

कन्ट्रोल ब्यूरोले अक्टोबर २ मा मुम्बईको एक हाइ प्रोफाइल रेव पाटीमा छापा मारेको थियो । जहाँबाट आर्यनसहित ८ व्यक्तिलाई पक्राउ गरेको थियो ।

शाहरुख खान विश्वकै धनी कलाकारमा पर्दछन् । उनीसँग अथाहा सम्पत्ति छ । तर छोरा नै यस्तो भएपछि उनी निक्कै निरास छन् । साथीहरुसँग सन्तान नै बिग्रिएपछि सम्पत्तिको के काम रहेछ र भनेर गुनासो गर्ने गरेको उनी निकटले खुलाएका छन् ।

सम्बन्धित खबरहरु