खोटाङ । खोटाङमा पछिल्लो समय एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ । सोमवार मात्रै विभिन्न पार्टी परित्याग गरी १०८ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

रावाबेंशी गाउँपालिका कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र) र जनता समाजवादी पार्टीमा आवद्ध क्रियाशिल नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुमा नेपाल तरुण दलका नेता सन्जिब मगर, कांग्रेस खार्पाका वडा सचीव जीवन तामाङ, स्थानीय निर्वाचनमा लामिडाँडाका वडा सदस्यका प्रत्यासी जसपाका नेता कुमार श्रेष्ठ, स्थानीय निर्वाचनमा डुम्रेधारापानीका वडा सदस्यका प्रत्यासी कांग्रेसका नेता ईन्दिराकुमारी निरौला लगायत हुनुहुन्छ ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य, प्रमुख सचेतक तथा खोटाङ इन्चार्ज विशाल भट्टराई, पार्टी प्रदेश सदस्य हरिकुमार पोखरेल, एक नम्बर प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य उषाकला राई, एमाले खोटाङका पार्टी उपाध्यक्ष देवविक्रम राई, पार्टीका जिल्ला कमिटी सचीवालय सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल,जिल्ला कमिटी सचीवालय सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विणादेवी राई, सचीवालय सदस्य तथा रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौला, पालिका उपप्रमुख समला राईलगायतका नेताहरुले नवप्रवेशीहरुलाई खादा तथा अबिरले सम्मान गरी पार्टी प्रवेश गराउनु भएको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु