काठमाडौ । कोलकाता नाइट राइडर्स आईपीएल टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले हराउदै कोलकाता क्वालिफायरमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे । यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिस रानाले २३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।

बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।

कोलकाताका सुनिल नारायनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

 

सम्बन्धित खबरहरु