काठमाडौ । शाहरुख खानका छोरा आर्यन खानलाई पक्राउ गर्ने एनसीबी अधिकारी अहिले चर्चामा छन्। मानिसहरु एनसीबी क्षेत्रीय निर्देशक समीर वानखेडेलाई वास्तविक सिंघम भन्दछन्।

सुशान्त सिंह राजपूत मामिलामा नियन्त्रित पदार्थसँग सम्बन्धको जाँचमा समीर वानखेडेको नाम अगाडी थियो । सबैलाई थाहा छ कसरी समीर आफ्नो व्यावसायिक जीवनमा सफल भइरहेका छन् ।

किनकी पछिल्लो तहल्का मच्याउने शाहरुख खानका छोराको ड्रक्स पार्टीपनि उनैले छापा लिएका थिए । व्यवसायीक मात्र हैन उनको व्यक्तिगत जीवन पनि धेरै रोचक छ।

समीर वानखेडेकी श्रीमती एक अभिनेत्री हुन्। क्रान्ति रेडकर, एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेकी पत्नी हुन्। सौन्दर्यको मामलामा, क्रान्ति रेडकर ठूला नायिकाहरुलाई छायाँमा पार्न सक्ने छिन् । हामी तपाईलाई यहाँ क्रान्तिको बारेमा बताउँछौं।

क्रान्ति रेडकर मुम्बई की हुन् । उनी मुम्बईमा जन्मेर हुर्केकी हुन् । उनले कार्डिनल ग्रेसियस हाई स्कूलमा पढेकि छिन् । उनले रामनारायण रुइया कलेजबाट आफ्नो पढाई पूरा गरेकी छिन् ।

अध्ययनपछि क्रान्तिले आफ्नो भविष्यका रूपमा अभिनय रोजिन् । क्रान्ति रेडकरको पहिलो फिल्म एक मराठी फिल्म थियो। उनले आसावी आशीमा अभिनय गरेकी छिन् ।

जसमा अंकुश चौधरी उनीसँग देखिएका थिए। फिल्म सन् २००० मा रिलीज भएको थियो। यसपछि उनले अजय देवगनको फिल्म गंगाजल बाट बलिउडमा डेब्यू गरेकी हुन् ।

क्रान्तिले मराठी फिल्महरुमा धेरै हिट गीतहरु दिएकी छिन् । क्रान्ति रेडकरले २०१५ मा फिल्म काकन बाट निर्देशनमा समेत डेब्यू गरेकी थिइन्। फिल्ममा उर्मिला मार्टोंडकर र जितेन्द्र जोशी मुख्य भूमिकामा छन्। उनी एक अभिनेत्री र एक निर्देशकको रूपमा सक्रिय छिन् ।

क्रान्ति सामाजिक सञ्जालमा धेरै लोकप्रिय छन् । उनका ३ लाख भन्दा धेरै फलोअर्स छन्। उनी प्राय आफ्नो तस्बिर र भिडियो सेयर गर्छिन् । उनको मेकअप भिडियोहरु धेरै भाइरल छन्।

उनी इन्स्टाग्राममा आफ्ना फ्यानहरुलाई मेकअप टिप्स पनि दिन्छिन्। वर्ष २०१७ मा समीर वानखेडे र क्रान्ति रेडकरको विवाह भयो। उनका जुम्ल्याहा छोरीहरु छन्। क्रान्ति रेडकर प्राय समीरसँग आफ्ना तस्वीरहरु साझा गर्छिन् ।

सम्बन्धित खबरहरु