काठमाडौ । गायिका सुमन थापाको स्कुटी दुर्घटना भएको छ । गायिका सुमन स्कुटीमा दुर्घटनामा परि घाइते हुनुभएको हो ।

दुर्घटनामा घाइते सुमनको अनुहारमा चोट लागेको छ। उहाँ हाल कान्तिपुर अस्पतालमा भर्ना हुनुभएको छ।

प्रहरीका अनुसार बबरमहलमा स्कुटीमा हिडिरहेकी थापालाई पछाडिबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छन् ।

ठक्कर दिने चालकको खोजिकार्य अगाडी बढाईएको छ। सुमनको स्कुटीमा समेत क्षती पुगेको छ। उहाँको स्वस्थ्य अवस्था भने सामान्य छ ।

केही दिनको उपचारपछि उहाँ निको हुने देखिन्छ । तर चालक को थिए भन्ने खुल्न सकेको छैन । उनी भागेको स्थानसम्म सीसी क्यामेराको फुटेज हेर्ने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु