काठमाडौ । भिमकाय सुख्खा पहिरो खस्दा कर्णाली नदी थुनिएको छ । नदी थुनिएपछि तल्लो क्षेत्रमा जलसतह घटेको छ भने माथी भरिदै ताल बनिरहेको छ ।

बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको स्थानीय प्रशासनले पुष्टी गरेको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो ।

डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुख्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनिसकेको छ । पहिरो खस्ने क्रम अझै पनि जारी छ ।’

बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको छ । तर एक किलोमिट भन्दा बढी पानी जमेका कारण एकै पटक थुनिएको खोलिएमा नदी सतहका धेरै बस्तीमा असर गर्ने अनुमान गरिएको छ ।

अहिले प्राविधिक र नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदैछ । तल्लो क्षेत्रका नदी तटमा सावधान अपनाउँन सूचना दिने प्रशासनले तयारी गरिरहेको छ । स्थानीय प्रशासन प्रयोग गरेर सबै बस्तीमा माइकिङ्ग गर्ने तयारी छ ।

 

सम्बन्धित खबरहरु