काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र चिनियाँ राजदूतले दशैँको सबैको ध्यान तान्ने शुभकामना दिनुभएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैंको अवसरमा चंगा उडाएर रमाइलो गरेको तस्वीर समेत सार्वजनिक गर्नुभएको छ ।

सहकर्मी र उहाँहरुका परिवारसँग चंगा उडाएर रमाइलो गरेको उहाँले उल्लेख गर्नुभएको छ ।

सामाजिक सन्जाल ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै उहाँले लेख्नुभएको छ, ‘दशैँको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दशँैको धेरै शुभकामना ।’

यसैगरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि दशैंको एक पोस्टर ट्वीट गर्दै दशैंको शुभकामना दिनुभएको छ । उहाँले बडा दशैँको शुभकामना भन्ने पोस्टर पोष्ट गर्नुभएको छ ।

उहाँहरुको शुभकामनामा धेरै नेपालीहरुले शुभकामना रिप्लाई दिएको देखिन्छ । उहाँहरुको शुभकामनाले नेपालीहरुको हरेक बर्ष ध्यान तान्छ । यो बर्षपनि तानेको छ ।

 

सम्बन्धित खबरहरु