मुगु । दशैँमा घर फर्किएकाहरु चढेको बस दुर्घटना भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना भएको हो ।

दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना गम्भीर घाइते भएका छन्।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

घटनाबारे पूर्ण विवरण आइसकेको छैन । स्थानीयले दुर्घटनाको पुष्टी गरेका छन् । प्रहरीलाई आएको जानकारी अनुसार दुर्घटना स्थलमा नै २२ जनाको मृत्यु भइसकेको छ ।

अन्य कयौँको अवस्था गम्भीर रहेको छ । १८ जना घाइतेलाई उद्धार गरेर नजिकको अस्पताल लैजाने तयारी भइरहेको छ ।

सम्बन्धित खबरहरु