काठमाडौ । मुगुमा ठूलो बस दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या २३ जना पुगेको छ ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको स्थानीय प्रशासनले पुष्टी गरेको छ ।

दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १७ जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । घाईते अधिकांशको अवस्था गम्भीर छ ।

३९ जना भन्दा बढी यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । ‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो ।

२३ जनाको लास भयो । धेरै घाइते छन् । केही घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

उद्दारको काम भइरहेको र लास पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो ।

अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा खटिरहेका छन् । काठमाडौबाट हेलिकोप्टर जाने तयारी गरिरहेको छ । घाइतेलाई अवस्था हेरेर काठमाडौ वा सुर्खेत लगिनेछ ।

 

सम्बन्धित खबरहरु