काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-१४ शिबनगर बस्ने कृष्ण पौडेलको घरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर सोही महानगरपालिका-९ बस्ने २३ वर्षीय अनिल सिंखडाको सोमबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिया, गुलरिया नगरपालिका-४ बेलौली बस्ने मुस्तफा बेहनाको छोरा २ वर्षीय हस्मेन बेहनाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको ईलेक्ट्रिक तराजुको तारमा समाउदा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि बर्दिया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कैलाली, जोसीपुर गाउँपालिका-४ लालपुर बाणि बस्ने २६ वर्षीय शंकर चौधरीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

छिमेकीको घरमा वत्ती बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु