काठमाडौ । बारा, बारागढी गाउँपालिका-३ सिपुरा टोल बस्ने २८ वर्षीय जितेन्द्र कुमार राय आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी सनराईज हाउजिङमा बस्दै आइकी काठमाडौं त्रिपुरेश्वर घर भएकी ६० वर्षीया मोती रावल आफु सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

मकवानपुर, बागमती गाउँपालिका-७ पाथीभारा राई टोल बस्ने ४६ वर्षीया अनिता राई आफ्नै सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रधानसेनापति शर्मा अस्वस्थ

प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित हुनुभएको छ ।

स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उहाँ उपस्थित नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु