सिन्धुपाल्चोक । अहिले माता देवीका अनेकौँ रुप पुकार गर्दै पुजा चलिरहेको छ । नवरात्रीमा माता देवीका अनेकौँ रुपको पूजा आराधाना गरिन्छ ।

विश्वभरीका हिन्दुहरुले नवरात्रीमा बडो नियमपूर्वक देवीको व्रत बस्ने गर्दछन् । देवीको अति महत्वपूर्ण रुप महाकालीप्रति विश्व कै हिन्दु समुदायमा ठूलो आस्था छ ।

तपाईहरुलाई जानकारी गराऔँ विश्व जगतकै अति महत्वपूर्ण भगवान देवी महाकालीको साक्षत रुप र उहाँको दिव्य अस्त्र मुसल खड्ग नेपालमा छ । मुसल खड्ग साक्षत भेटिएकाले देवत्व कालमा माता महाकालीको बासस्थान नै नेपालमा थियो भन्ने एकिन हुन जान्छ ।

उक्त शिलालाई नेपालको पुरातत्व विभागले अनुशन्धान गरिरहेको छ । शिला पौराणिक भएको प्रारम्भिक अनुमान छ । यसकारणपनि उक्त स्थान साक्षत महाकाली विराजमान भएको भनेर चिनिनि थालेको छ ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. ४ मा अवस्थित चार नारायण शीरो भाग मन्दिर श्री जैमन थापी नारायण मन्दिर परिसरमा साक्षात महाकाली उत्पती भई गत छ बर्षदेखि चर्चामा छ । उक्त स्थानपनि काठमाडौमा उपत्यकामा रहेका चार नारायणहरुकापनि शीर रहेको पौराणिक लिपिहरुमा पाइन्छ ।

उक्त स्थानमा देवी सवार एक जना माताले दिव्य दृष्टिबाट भविष्यवाणी गरे अनुसार जमिनको गर्भ खोतल्दा साक्षत माता महाकालीको अस्त्र मुसल खड्ग र देवी स्वरुप शिला फेला परेको थियो । उहाँ मातामा देवी सवार भएर साक्षत वाणी समेत दिँदै आउँनुभएको छ । त्यहाँ देवी अस्त्र मुसल खड्ग छ । यो अति दुर्लभ शिला अस्थामा दिव्या दर्शनबाट मिलेको हो ।

अहिले सिन्धुपाल्चोकबासी मात्र नभएर अधिकांश जिल्ला र क्षेत्रहरूबाट भक्तजनहरू दर्शन र पुजा गर्नका लागि भीड लाग्ने गरेको छ । नवरात्रीमा यो अस्त्रको दर्शनले रोग व्याधी, शत्रु नाश हुने विश्वास गरिन्छ ।

शास्त्र अनुशार देवीको अस्त्रको अति महत्व छ । माता महाकालीबाट नै देवी सवार मानव आवाजबाट यो देवी कै अस्त्र हो भन्ने पुष्टी भएकाले यसको प्रचार जरुर छ । उक्त स्थानमा सिन्धुकालीको नाममा महाकाली विराजमान भएको पुष्टी भएको छ ।

https://www.youtube.com/watch?v=g_TNk-w5yAk&t=2009s

सम्बन्धित खबरहरु