काठमाडौ । बैदेशिक रोजगारीले नेपालमा रेमिट्यान्स भित्रिएको छ । केहीका घरमा जस्ता पाता लागेको छ । केही अति कम जमिन भएकाले जमिन जोडेका छन् । यो यसको सकारात्मक पाटो हो ।

तर केही सम्बन्धहरु फेरी कहिलै जोडिन नसक्नेगरी फाटेका छन् । केही गलत कार्यहरु भइरहेका छन् । यसको न्यूनिकरण गर्ने स्थानीय जनप्रतिनिधिको हो ।

तर यो कार्यमा भने केही जनप्रतिनिधि नै मुछिदै आएका छन् । रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडा अध्यक्ष गोपालवहादुर माझीलाई यही अभियोग लागेको छ । अर्काकी श्रीमतीसँग कोठामा भेटिएपछि उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको छ ।

माझी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्। भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफूहरु श्रीमान–श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइँको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान् कविराज श्रेष्ठ मिलेर दुवैलाई आइतबार राति साढे ११ बजे कोठाबाट पक्राउ गरेका थिए ।

पक्राउ परेका दुवै महानगरीय प्रहरी प्रभाग ठिमीको हिरासतमा राखियो । कुभिण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनले श्रीमतीको बारेमा गाईगुई सुनेका थिए । २० दिनअघि काठमाडौ फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन ।

उता केहि बर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजी गरिरहेकी थिईन् । काठमाडौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । दुवै मिलेर खोज्न थाले ।

भक्तपुरको चारदोबाटोमा कोठा रहेको र दुवै श्रीमान श्रीमती भएर बसेको जानकारी पाएपछि खोज्दै उनीहरु कोठासम्म पुग्न सफल भएका थिए ।

कोठामा उनीहरुले श्रीमान् श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केहि तस्विरहरु बनाएर राखेका रहेछन् । अनौठो त के छ भने पिडितका श्रीमान, श्रीमती नै एकअर्का भेट गर्न सफल हुनु र दुबै मिलेर मिसन सफल गराउनु निक्कै संयोगपूर्ण छ ।

सम्बन्धित खबरहरु