एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ड्रक्सको मामलामा पक्राउ परेपछि कैयौं बलिउड कलाकारहरुले शाहरुख र उनको परिवारको समर्थन गरेका छन् ।

आर्यनको जमानतलाई अदालतले अस्वीकार गरिरहँदा शाहरुख र उनकी पत्नी गौरी खान निकै चिन्तित छन् । आर्यन लामो समय हिरासतमा बसिसकेका छन् ।

भारतीय मिडियाका अनुसार शाहरुख आर्यनका बारेमा सोचेर सुत्न पनि सकेका छैनन् । उनले आफ्ना सबै काम रद्द गरेका छन् । घरमा कसैसँग बोल्दैनन् ।

उनी छोरालाई सम्झेर रातभर जागै बस्छन् । शाहरुख र गौरीले आफ्नो छोराको घटना यति लामो समयसम्म जान्छ भन्ने सोचेका थिएनन् । गौरीलाई आफ्नो जन्मदिनमा छोरा घर आउँछ भन्ने लागेको थियो । जन्मदिनमापनि उनी बाहिर आउन नपाएपछि उनीहरु निक्कै नै निरास भएका छन् ।

जसै आर्यन पक्राउ परेको खबर सार्वजनिक भयो, शाहरुखले तुरुन्तै देशका राम्रा कानूनविज्ञलाई फोन गरेर यो घटनामा सल्लाह लिएका थिए ।

उनले सतीश मानेशिन्देलाई घरमै बोलाएर परामर्श गरेका थिए । सतीशले शाहरुखलाई आर्यन चाँडै नै बाहिर आउने आश्वासन दिएका थिए । तर उनको आश्वासन पुरा हुन सकेन ।

अदालतले आर्यनको जमानत निवेदन अस्वीकार गरेपछि शाहरुखको परिवारलाई एउटा ठूलो झड्का लागेको थियो । यो कठिन समयमा गौरीका भाई विक्रान्त छिब्बर र उनकी पत्नी नमिता शाहरुखको परिवारसँगै छन् ।

शाहरुख हाल मुद्धा को विषयमा फलोअप गर्न र एनसीबीसँग आर्यनको अवस्थाबारे सोधपुछ गर्न व्यस्त छन् । उनले दिनमा कम्तिमा १० पटक प्रहरी अधिकारीहरुलाई फोन गर्छन ।

‘गौरी र शाहरुख दिनभर कैयौंपटक फोन गरेर एनसीबीसँग आफ्नो छोराको स्वास्थ्यको अवस्थाबारे सोध्ने गरेको भारतीय मिडियाले दावी गरेका छन् । आर्यनसँग परिवारको सिधा सम्पर्क छैन ।

तर एजेन्सीले आर्यनसँग जोडिएको जानकारी परिवारलाई दिइरहेको छ । हालैमात्र आर्यनलाई उसको कपडा र घरमा बनाएको खाना दिनका लागि अनुमति मागिएको थियो’, शाहरुख निकट स्रोतले भनेको छ । तर त्योपनि दिन पाएका छैनन् ।

 

सम्बन्धित खबरहरु