काठमाडौ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको छ । लिग चरणको नेपालको अन्तिम खेलमा अन्जान बिष्टले पेनाल्टीबाट गोल गरेर बंगलादेशसँग बराबरी खेल्दै टोलीले देशलाई फाइनलमा पुर्याएका हो । यो इतिहासकै पहिलो हो ।

नेपाललाई इतिहास रच्न भाग्यले साथ दिएको थियो ।  बंगलादेश १० खेलाडीमा समेटिन बाध्य भयो ।

बंगलादेशका गोलकिपर अनीसुर रहमान ज़िकोले डि बक्स बाहिर आएर बल छोएपछि उनले रेड कार्ड पाए ।

बंगलादेशका खेलाडी मैदानमा कम भए । त्यसपछि बंगलादेशका खेलाडीले गरेको फलका कारण नेपालले पेनाल्टी पायो । बंगलादेशसँग बराबरी खेल्दा मात्रपनि नेपाल फाइनलमा पुग्थ्यो । त्यो मौका नेपालले सदुपयोग गर्यो । बंगलादेशका मो साद उद्दीन ९ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।

उता ७ पटकको विजेता भारतले आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल माले रंगशालामा भएको थियो ।

नेपाल र बंगलादेश फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन् । तीमध्ये १३ खेलमा बंगलादेश र ७ खेलमा नेपाल विजयी भएको छ । दुई खेल बराबरी भएको छ । विगत हेर्ने हो भने नेपालभन्दा बंगलादेश बलियो टिम हो । तर यो प्रतिस्पर्धामा नेपाल बलियो सावित भयो ।

साफ च्याम्पियनशीपमा भने नेपाल र बंगलादेश सातपटक आमनेसामने भएका छन् । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।

यो प्रतिस्पर्धामा नेपालले शीर्ष स्थानमा रहेको माल्दिभ्सलाई र श्रीलंकालाई हराएर आएको छ भने भारतसँग भने पराजित भएको छ । बंगलादेश भने माल्दिभ्ससँग २–० गोलले पराजित भएको थियो ।

भारतसँग बराबरी र श्रीलंकासँग जित हात पार्दै बंगलादेश चौथो स्थानमा थियो । भारतले नेपाललाई रक्षात्मक खेल्दा खेल्दै अन्तिम समयमा १ गोल गरेर नेपाललाई जितेको थियो । बंगलादेश आजबाट प्रतियोगिताबाट बाहिरिएको छ ।

यदि भारतलाई त्यही खेलमा जित हासिल गरेको थियो भने नेपाल स्वतः फाइनलमा प्रवेश गर्ने थियो ।

सम्बन्धित खबरहरु