काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई प्रधानन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ ।

प्रधानमन्त्रीसँगै आम नागरिकका बधाईका पोष्टले सामाजिक सञ्जाल भरिएका छन् । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।

पहिलो संस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यो पटक फाइनल नै जित्ने रणनीतिमा नेपाल छ ।

नेपालले बुधबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेका थियो ।

दोस्रो स्थानमा रहेको नेपाल बराबरी खेल्दामात्र ७ अंक जोड्दै फाइनलमा प्रवेश गर्न पाउने सुनौलो मौका नेपालले सदुपयोग गर्यो । खेलको आठौं मिनेटमा १–० गोलले पछि परेपनि नेपालका लागि यो खेलमा भने भाग्य चम्कियो । खेलको ८२औं टिनिङ प्वाइन्ट रह्यो ।

वान भर्सेस वानमा रहेका नेपाली खेलाडीले फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाए ।

१० खेलाडीमा झरेको बंगलादेश दबावमा आयो र अञ्जन विष्टलाई डिबक्स एरियामा नै लडाउन पुगे । नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले नै सहजै गोल गरे र देशलाई बराबरीमा पुर्याउँदै फाइनलमा पुर्याए ।

बराबरीसँगै नेपालले २८ वर्षको प्रतीक्षा पूरा गर्दै १३औं संस्करणमा पहिलो पटक फाइनल यात्रा तय गर्‍यो । ऐतिहासिक सफलता हासिल गरेको नेपाललाई प्रधानमन्त्री देउवाले तुरुन्तै ट्वीट गर्दै बधाई दिनुभयो ।

‘हार्दिक बधाई तथा शुभकामना,’ उहाँले लेख्नुभएको छ, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक फाइनल पुगेको नेपालले आजै हुने भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्ने छ ।

सम्बन्धित खबरहरु