काठमाडौ । साफ च्याम्पियनसिप फुटबल २०२१ प्रतियोगिातमा ७ पटकको विजेता भारतलाई फाइनलमा पुग्न नै निक्कै सकस परेको छ ।

छनोट चरणको अन्तिम खेलमा आयोजक राष्ट्र माल्दिभ्ससँगको भिडन्त निक्कै सकसपूर्ण बनेको हो । माल्दिभ्सको राजधानी मालेमा जारी प्रतियोगितामा अहिले भारत र माल्दिभ्सले राति ९ः४५ बजेदेखि प्रतिस्पर्धा गरिरहेका छन् ।

अहिले पहिलो हाफ सकिएपछिको खेल शुरु भएको छ । पहिलो हाफको खेलमा ३३ मिनेटमा नै भारतका मनवीर सिंहले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।

तर केही मिनेटपनि टिक्न नसक्दै भारतका खेलाडीले फल गरे र माल्दिभ्सलाई पेनाल्टीको अवशर मिल्यो । पाएको पेनाल्टी अवशरलाई माल्दिभ्सका अली अशफाकीले गोल गरे र टीमलाई बराबरीमा ल्याए ।

पहिलो स्थानमा रहेको माल्दिभ्सलाई बराबरी मात्र भयो भनेपनि फाइनलमा जाने ढोका खुल्छ । तर भारतलाई भने जित्नैपर्ने दवाव छ ।

माल्दिभ्स शीर्ष स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतले नेपालसँग जित र बंगलादेश र श्रीलंकासँग बराबरी खेलेर ५ अंक जोडेको छ ।

माल्दिभ्सले भने नेपालसँग हार र बंगलादेश, श्रीलंकासँग जित हात पारेर ६ अंक जोड्दै शीर्ष स्थानमा छ । यसैले माल्दिभ्सले बराबरी खेलेमात्रपनि फाइनलमा जान्छ भने भारतले भने जित्नैपर्ने दवाव छ ।

माल्दिभ्सले जितेमा वा बराबर मात्र खेलेमा ७ पटकको विजेता भारतलाई पाखा लगाउँदै नेपालसँग फाइनलमा भिड्ने माल्दिभ्स आइपुग्नेछ । माल्दिभ्स नेपालले छनोटचरणमा नै हराईसकेको टिम हो ।

सम्बन्धित खबरहरु