काठमाडौ । साफ च्याम्पियनसिप फुटबल २०२१ प्रतियोगिातमा ७ पटकको विजेता भारतले फाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ ।

छनोट चरणको अन्तिम खेलमा आयोजक राष्ट्र माल्दिभ्ससँग हाफपछि भारत सनसनीपूर्ण रुपमा उत्रिएको छ । माल्दिभ्सले १ गोलका बिरुद्ध ३ गोल गरिसकेको छ ।

राजधानी मालेमा जारी प्रतियोगितामा भारतका कप्तान सुनिल क्षेत्री चम्किएका छन् । ३ व्यक्तिगत दुई गोल गरिसकेका छन् । भारत र माल्दिभ्सले राति ९ः४५ बजेदेखि प्रतिस्पर्धा गरिरहेका छन् ।

अहिले दोस्रो हाफको अन्तिम समयमा खेल पुगिसकेको छ । पहिलो हाफको खेलमा ३३ मिनेटमा नै भारतका मनवीर सिंहले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।

तर केही मिनेटपनि टिक्न नसक्दै भारतका खेलाडीले फल गरे र माल्दिभ्सलाई पेनाल्टीको अवशर मिल्यो । पाएको पेनाल्टी अवशरलाई माल्दिभ्सका अली अशफाकीले गोल गरे र टीमलाई बराबरीमा ल्याएका थिए ।

पहिलो स्थानमा रहेको माल्दिभ्सलाई बराबरी मात्र भयो भनेपनि फाइनलमा जाने ढोका खुल्ने थियो । तर माल्दिभ्सका लागि भारत बाधक बन्ने देखिन्छ ।

माल्दिभ्स शीर्ष स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतले नेपालसँग जित र बंगलादेश र श्रीलंकासँग बराबरी खेलेर ५ अंक जोडेको थियो ।

माल्दिभ्सले भने नेपालसँग हार र बंगलादेश, श्रीलंकासँग जित हात पारेर ६ अंक जोड्दै शीर्ष स्थानमा थियो । यसैले माल्दिभ्सले बराबरी खेलेमात्रपनि फाइनलमा जान्छ भने भारतले भने जित्नैपर्ने दवाव थियो । भारतले जित्दै फाइनलमा जाने लगभग अब पक्का गरेको छ ।

माल्दिभ्सले जितेमा वा बराबर मात्र खेलेमा ७ पटकको विजेता भारतलाई पाखा लगाउँदै नेपालसँग फाइनलमा भिड्ने माल्दिभ्सलाई मौका थियो । तर मौका चुकाउने अवस्था देखिन्छ । अब फाइनलमा नेपाल र भारतबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

 

सम्बन्धित खबरहरु