सुनसरी । धरानको नवदुर्गा अटो प्यालेसमा एक महिलाले स्कुटी किन्दा श्रीमानलाई बाइक पनि हात पार्नुभएको छ ।

धरान–८ ट्राफिक प्रहरी कार्यालयसँगै रहेको अटो प्यालेसमा उहाँले सुजुकीको एक्सेस स्कुटर खरिद गर्नुभएको थियो । सो स्कुटर खरिद गर्दा उहाँले लक्की ड्र कुपनमार्फत् मोटरसाइकल उपहार पाउनुभएको हो ।

धरान–७ की पूजा ताम्राकारले सुजुकी ब्राण्डको स्कुटी खरिद गर्नुभयो । उहाँले उपहार पाएपछि श्रीमान निश्चल पलिखेलाई लिएर सो मोटरसाइकल लिएर आउनुभयो ।

अटो प्यालेसका प्रोप्राइटर दुर्गा भुजेलले २ लाख ६३ हजार ९ सय रुपैयाँको स्कुटर खरिद गर्दा उहाँले ३ लाख २९ हजार ९ सयको इन्टुडर मोटरसाइकल उपहार पाउनुभएको जानकारी दिनुभयो । यो मोटरसाइकल १५० सिसीको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्नेमध्येको एक हो ।

‘दशैं आयो, उमङग छायो’ अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत् उहाँले मोटरसाइकल उपहार पाउनुभयो ।

प्यालेसका सञ्चालक भुजेलले नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत् हरेक १५ दिनमा एकजना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने योजना रहेको जानकारी दिनुभयो ।

त्यसैअन्तर्गत पछिल्लो गरिएको लक्की ड्रमा स्कुटर खरिद गर्नुभएको उहाँले मोटरसाइकल उपहार पाउनुभयो । उहाँले मोटरसाइकल समेत जित्दा हर्षित बनेको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेलगायत अन्य पत्रकारहरुले पनि बधाई दिँदै चाबी हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित खबरहरु