झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार सट्टापट्टामा बनेको प्रष्ट भएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो अहिलेको सरकार कसरी बनेको रहेछ बल्ल सबै नागरिकलाई थाहा भयो ।

हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उहाँले सट्टापट्टा भएको प्रष्ट भएको किटान गर्नुभयो ।

गृहजिल्ला झापामा बिहीबार आयोजित कार्यक्रममा ओलीले पैसाको कारोबार नहुँदा वार्टर सिस्टममा काम हुने गरेको भनेको यही रहेछ समेत भन्नुभयो ।

यो सरकार पनि कसरी बनेको रहेछ अहिले थाहा भएको भन्दै उहाँले भन्नुभयो, ‘पैसाको कारबाही भयो कि भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो ।

अरु के–के भएको थियो, पछि खुल्दै जाला । प्रधानमन्त्री ओली भोलि विजया दशमीका दिन माता दुर्गा भवानीको प्रसाद टीका ग्रहण गर्नका लागि गृहजिल्ला जानुभएको हो ।

उहाँले प्रायः गृहजिल्ला नै गएर दशैँको टीका बाबुको हातबाट थाप्ने गर्नुभएको छ ।

उहाँसँगै राष्ट्रिय सभा सदस्य एवं कलाकार कोमल वली समेत अध्यक्ष ओलीको गृहजिल्ला झापा जानुभएको छ । उहाँले अध्यक्ष ज्यूको गृहजिल्ला झापामा भन्दै तस्वीर पोष्ट गर्नुभएको छ ।

सम्बन्धित खबरहरु