ताइपेइ । ताइवानको दक्षिणी क्षेत्रस्थित विशाल सहरकोबीचमा रहेको ठूलो भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । साथै ४१ जना घाइते भएका छन् ।

ताइवानको काओसिउङ सहरस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे अचानक आगलागी भएको हो । आगलागीका कारण केही तला ध्वस्त भएका छन् ।

अधिकारीहरुका अनुसार घटनास्थलबाट ३२ शव सिधै शवगृहमा लगिएको थियो । साथै ५५ जना घाइतेलाई अस्पताल लगिएको थियो । ताइवानमा मृतकको पुष्टि अस्पतालले मात्रै गर्नपाउने प्रावधान छ ।

स्थानीय टेलिभिजनमा आगलागीको भिडियो समेत देखाइएको थियो । जहाँ सुन्तला रंगमा आगो लागिरहेको दृश्य भिडियोमा देखिन्छ ।

साथै घटनापछि उद्वारका लागि एम्बुलेन्ससहित ठूलो संख्यामा अग्नि नियन्त्रकहरु खटाइएको थियो । अधिकारीहरुका अनुसार आगलागी भएको उक्त भवन करिब ४० वर्ष पुरानो हो ।

 

सम्बन्धित खबरहरु