काठमाडौ । ताइवानले फेरि चीनलाई चेतावनी दिएको छ ।

बीबीसीका अनुसार ताइवानकी रक्षामन्त्री चिउ कु चेङले बिहीबार चीनसँग आफैंले युद्ध सुरु नगर्ने तर आफ्नो रक्षाका लागि पूरै शक्ति प्रयोग गरिने बताएकी हुन् ।

उनले चीनले यसैगरी राखे सेकेण्डमा कोल्याप्स गर्न सक्ने क्षमता ताइवानसँगपनि रहेको दावी गरेकी छिन् ।

ताइवानले यसअघि पनि यस्तो चेतावनी दिइसकको छ । बिहीबार एक संसदीय समितिको बैठकमा ताइवानकी रक्षामन्त्री चिउ कु चेङले भनिन् ‘ताइवान आफू युद्ध सुरु गर्दैन तर आइलाग्ने दुश्मनविरुद्ध खुलेर जवाफ दिन्छ ।’ चीन समेत हाम्रा लागि सामान्य शत्रु हुनसक्छ ।

अब हामी रक्षाको दृष्टिकोणले निक्कै बलियो छौ । विश्वका शक्ति राष्ट्रहरुले समेत हामीलाई सहयोग र समर्थन गर्छन् । हामीले पछिल्लो समय गरेको शैन्य सम्झौताले देश पूर्ण बलियो भएको घोषणा गर्न सकिन्छ उनले भनेकी छिन् ।

 

सम्बन्धित खबरहरु