संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउदै आईरहेको छ ।

सोही क्रममा मिति २०७८ असोज २८ गते United Nations Stabilization Mission in the Democratic Republic of Congo (MONUSCO) कङ्गोमा Quick Reaction Force (QRF) Company पहिलो डफ्फामा सहभागी हुनको लागि प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा Advance टोली नफ्री १/३४ (३५ जना) कतार एयरवेजको Ft. No. QR-647 काठमाडौंबाट बिहिबार २१:०३ बजे प्रस्थान गरेका छन् ।

कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको तथा भविष्यमा हुने अदली बदलीको दौरान समेत पालना गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

सम्बन्धित खबरहरु