काठमाडौ । काठमाडौ उपत्यकाबाहेक नेपालका अन्य क्षेत्रमा दशैँमा पहिले दहीमा अक्षता मात्र मुछेर सेतो टीका लगाउने चलन थियो।

रातो टीका लगाउने चलन दशैँ मनाउन थालेको थोरै पछि विस्तार भएको देखिन्छ । कतिपय जनजातिहरूले दशैँमा अझैपनि सेतो टीका लगाउने गर्छन्

सेतो टीका जनजातिहरूले मात्र लगाउने हो वा रातो टीका बाहुन क्षेत्रीले मात्र लगाउने हो भन्ने कुराहरू आउँछन्, त्यो कुरा सत्य होइन । टीका रङ्‌गले पहिले ती मानिसहरू कुन मतबाट आएका हुन् भन्ने बुझिन्छ। आफ्नो पुर्खाको मतलाई अहिलेसम्म अवलम्बन नगरिए पनि टीकामा त्यो कामय रहेको संस्कृती विद्हरुको तर्क छ।

बाहुन क्षेत्रीहरूले अहिले रातो टीका लगाउने गर्छन् भने कतिपय जनजातिले सेतो टीका लगाउँछन्। काठमाडौ उपत्यकाका नेवारहरूले रातो र कालो मिसिएको तथा कालो टीका पनि लगाउने गरेका छन् ।

त्यस्तै दैलेखमा भने बाहुन क्षेत्रीले दही र अक्षतामा बेसार मिसाएर पहेँलो टीका लागाउने चलन पनि रहेको छ । नेवारहरूले लगाउने कालो टीका उनीहरूको तन्त्र परम्परासँग जोडिएको छ ।

त्यस्तै रातो टीका विजय भावसँग जोडिएको छ। तर अहिले रातो टीका लगाउनेहरूले पनि नेपालमा अबिर सर्वसुलभ नहुञ्जेल सेतै लगाउने गरेको पाईन्छ ।

नेवारहरूले दशैँलाई दशैँ नभनेर मोहनी भन्ने गर्छन्। र, कालो टीकाको प्रचलन पनि त्यो मोहनी प्रथासँगै जोडिएको छ। तन्त्रप्रधान समाज भएकाले नेवारहरूले कालो टीका लगाएको पाइन्छ ।

दशैँको टीका
रातो टीका चाहिँ असत्यमाथि सत्यको विजयको प्रतीक हो भने सेतो शैव परम्पराको सङ्केत हो, यसलाई शान्तिको प्रतीक पनि मान्न सकिन्छ। रातो र सेतो टीकालाई रजोगुण र सप्तगुणसँग जोडेर हेर्छन्। रजोगुण भनेको सृष्टि र सन्तान प्राप्तिसँग जोडिएको छ ।

देवीको उपासना गर्नु भनेकै रजोगुणको उपासना गर्नु भएकाले रातो टीका रजोगुण उपासकहरूले लगाउने गर्छन्। त्यस्तै चिन्तन मनन गरेर बस्ने चिन्तकहरूको सप्तगुणी भएकाले उनीहरूले सेतो टीका लगाउने गरेका छन् ।

 

सम्बन्धित खबरहरु