रूपन्देही । नेकपा माओवादीका महासचिव नेत्रवक्रम चन्द विप्लवका सहोदर दाइ सो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द बिरजंगको मृत्यु भएको छ ।

लामो समय जेलमा रहेका बीरजंग केही समयअघि रिहा भएका हुनुभएको थियो । जेलमा रहँदादेखि नै बिरामी बन्नुभएका उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।

उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको जनपत्रकार संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रेले जानकारी दिनुभयो ।

उहाँको शव भोलि गृहजिल्ला कपिलवस्तु ल्याउने डुम्रेले बताउनुभयो । महासचिव विप्लव केही समयदेखि कपिलवस्तुमा रहनुभएको छ । दाजुको अवस्था जटिल बनेपछि दाजुको परिवारसँग उहाँ बसिरहनुभएको थियो ।

दाजुको निधनले महासचिव विप्लव स्तब्ध बन्नुभएको छ । राजनीतिक मियोका रुपमा दाजुलाई लिने महासचिव विप्लवले राज्यले हिरासतमा हुँदा उहाँलाई अन्याय गरेको बताउदै आउँनुभएको छ ।

 

सम्बन्धित खबरहरु