काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा परिवारसँगै दशैँ मनाउनुभएको छ ।

पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुभ साइतमै परिवारका सदस्यहरुलाई टीका लगाइदिएर र आफूलेपनि लगाएर विजयादशमीको टीका मनाउनुभयो ।

प्रधानमन्त्री देउवाले पत्नी आरजु, छोरा जयवीर तथा भतिजहरु भानु र प्रकाशलाई टीका लगाइदिनुभयो । प्रधानमन्त्री देउवाले भने पत्नी आरजुकै हातबाट टीका ग्रहण गर्नुभयो ।

प्रधानमन्त्री कार्यालयका अनुसार माता पिता दुवैजनाको निधन भइसकेका कारण प्रधानमन्त्रीले पत्नीको हातबाट टीका ग्रहण गर्नुभएको हो । नेपाल समुदायमा श्रीमानले श्रीमतीलाई टीका लगाईदिने चलन छ ।

तर श्रीमतीबाट श्रीमानले टीका थाप्ने चलन छैन । तर प्रधानमन्त्रीले यो परम्परा तोड्दै आउँनुभएको छ । उहाँको यो कार्यले महिला पुरुष अझ भनौँ श्रीमान श्रीमती एक अर्कामा परिपुरक र समान छन् भन्ने सन्देश दिनुभएको छ ।
यसअघि शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले दशैँमार्फत सबै नेपालीमा आपसी सद्भाव र भाइचारा अभिवृद्धिको कामना गरेका गर्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु