काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शीतलनिवासमा आमा र पुरोहितबाट बडादशैँको टीका ग्रहण गर्नुभएको हो ।

आमा मिथिला पाण्डे र पुरोहित खेमराज ढकालको हातबाट राष्ट्रपति भण्डारीले शुभ साइतमै टीका, जमरा र आशीर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले दशैँको शुभकामना सन्देश जारी गर्दै आपसी सद्भाव र हार्दिकता बढोत्तरी हुने कामना व्यक्त गर्नुभएको छ । उहाँले गत बर्षपनि यसरी नै टीका लगाउनुभएको थियो ।

सम्बन्धित खबरहरु