काठमाडौ । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दशैँ त्यही मनाएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका अफिसियल तथा खेलाडीहरूले टीका र जमरा लगाउँदै विजयादशमी मनाएका हुन् ।

नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले भारतको सामना गर्नुपर्ने छ । फाइनल खेल भोलि राति ८ः४५ मा हुने तय छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा नेपाली फुटबल इतिहासका अहिलेसम्मकै ठूलो उपलब्धी हात परेको छ ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । यो पटक किरणले आफ्नो कप्तानीमा देशलाई फाइनलमा पुर्याए ।

अर्को मुख्य श्रेय मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीपनि जान्छ । उनी नेपाल आएसँगै नेपाली टोलीको खेल अत्यन्तै उत्कृष्ट बन्दै आएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीले साफ च्याम्पियनसिपको उपाधि जितेरै छोड्ने दावी गरेका छन् ।

भोली भारतसँग हुने फाइनल खेलमा यो विजयदशमीको टीका विजयमा परिणत होस् । सबै नेपाली र खेलाडीमा शुभकामना !! तस्वीर सौजन्य: एन्फा

सम्बन्धित खबरहरु