काठमाडौ । सर्वसाधारण जस्तै फिल्म क्षेत्रका चर्चित हस्तीहरूले पनि विजयादशमी दशैँको टीका लगाएर मनाएका छन् ।

दशैँ मनाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रतिस्पर्धामा कलाकारहरू पनि अगाडि छन् ।

आज १० बजेर २ मिनेट जाँदा टीका लगाउने साइत थियो । सोही समयमा कलाकारहरूले पनि टीका लगाएका हुन् । चर्चित अभिनेता पल शाहले घरमा आमा, बुबा, बहिनी सहित आफन्त र मान्यजनले टीका लगाए ।

अभिनेत्री करिष्मा मानन्धरले श्रीमान, छोरी कविता र सहयोगीसँग टीका लगाएपछिको फोटो सार्वजनिक गरेकी छिन् ।

विजयादशमीको आशीर्वाद २०७८ को टीका (बिराटनगर) भनेर अभिनेत्री एवं निर्देशक दिपाश्री निरौलाले तस्वीर पोष्ट गर्दै आफू बिराटनगरमा रहेको जानकारी दिइन् ।

अभिनेत्री केकी अधिकारी, अभिनेता सुनिल थापा, कलाकार जितु नेपाल लगायत धेरैले दशैँको टीका लगाएका तस्वीर पोष्ट गरेका छन् । तल तस्वीर हेर्नुहोस्

सम्बन्धित खबरहरु