काठमाडौ । नायिका श्वेता खड्काले गएको मंसिरमा दोस्रो बिहे गरिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि उनले दोस्रो बिहे गर्ने निर्णय लिइन् ।

धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी स्वेताको यो नयाँ परिवारसँग पहिलो दशैँ हो । विजयादशमी (दशैँ) को टीका लगाएर अभिनेत्री श्वेताले सबै तस्वीरहरुलाई टिकटक भिडियो बनाएर पोष्ट गरेकी छिन् ।

उनले लेखेकी छिन् शुभ दशैं । दशैमा जस्तै आदर , आत्मियता , आथित्यता साथै उल्लास जीवनभर रहिरहोस् ।

त्यसअघि उनले सवैमा सप्रेम शुभकामना । मंगलमय रहोस । शुभ दशैं भन्दै टीका लगाएका तस्वीर पोष्ट गरेकी थिइन् ।

यी तस्वीर हेर्दा उनले यो बर्ष परिवारका सबैसँग रमाइलो गरेर दशैँ मानेको देखिन्छ । श्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा भएको थियो । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं. २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् ।

तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं. २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् ।

सम्बन्धित खबरहरु