काठमाडौ । भोलि नेपालले इतिहास रच्नका लागि छिमेकी मुलुक भारतसँग साफ च्याम्पियनसिपको फाइनल खेल खेल्दैछ ।

यो खेलमा नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्ट हुने छैनन्। दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन्।

अञ्जन विष्ट यो प्रतियोगितामा नेपालको तर्फबाट सबैभन्दा धेरै गोल गर्ने र समग्र प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।

मिडफिल्डरको जिम्मेवारीमा रहेपनि अति मिठो गोल गर्ने खेलाडीको रुपमा यो खेलमा उनी स्थापित भएका छन् । उनको अनुपस्थित नेपालले पक्कै अभाव महसुस गर्नेछ ।

तर नेपाली प्रशिक्षक अब्दुल्ला अल मुताइरीले अन्जानको अभाव टार्न विशेष रणनीति बनाउँने खेलप्रेमीको अपेक्षा छ । प्रशिक्षकले हरेक खेलमा फरक फरक रणनीति अपनाएकोले टोली उनमा मात्र निर्भर भने हुनेछैन।

हुनपनि जारी प्रतियोगितामा नेपालले हरेक खेलमा फरक शैली अपनाएको छ। र फरक फरक खेलमा फरक खेलाडीहरू चम्किएका छन्। जस्तै माल्दिभ्स विरुद्धको खेलमा मनिष डाँगी, श्रीलंका विरुद्ध आयुष घलान, अनि सुमन लामा। उनीहरुपनि यो प्रतियोगितामा गोल गर्ने खेलाडी सावित भइसकेका छन् ।

फेरि किरण चेम्जोङ, रोहित चन्द नेतृत्वको नेपाली रक्षापंक्ति अति बलियो छ। त्यो त नेपालको मुख्य रक्षा हतियार हो। त्यसो त भारतलेपनि दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनलमा गुमाइसकेको छ।

भारतको तर्फबाट अहिलेसम्म गोल गर्ने खेलाडी २ जना मात्र हुन् । कप्तान सुनिल क्षेत्रीले व्यक्तिगत ४ गोल गरेका छन् भने मनवीर सिंहले १ गोल गरेका छन् । नेपालका लागि खतरा भनेकै सुनिल क्षेत्री हुन् । उनी केही कारण कमजोर हुने हो भने वा उनलाई छेकबार लगाउन नेपाल सफल भए फाइनल सहजै जित्नेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु