काठमाडौ । भोलि नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । यो खेलको दुबै देशका नागरिकहरुले ब्याग्र प्रतिक्षा गरिरहेका छन् ।

फाइनलमा नेपाललाई जिते भारतले ८ औ पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्ने छ । नेपालले जिते पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्नेछ ।

यो प्रतियोगित कै निक्कै रोचक खेल नेपाल भर्र्सेस भारत हुनेछ । रोचक कुरा के हो फाइनलमा भारतीय मुख्य प्रशिक्षक इगोर हुनेछैनन्। उनी मैदानमा नै छिर्न पाउने छैनन् ।

माल्दिभ्ससँगको खेलमा रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएपछि उनले दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाएका छन् । उनी बारम्बार मैदानभित्र प्रवेश गरेका थिए ।

खेलाडी बाहेक अरु मैदानभित्र छिर्नु खेल नियम तोड्नु हो । उनले खेल नियम तोडेका कारण पहेँलो कार्ड सहित रातो कार्ड पाए । यही कारण माल्दिभ्ससँगकै खेलमा सेकेन्ड हाफमा मैदान छोड्नु परेको थियो।

यो खेलमा नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्टपनि हुने छैनन्। दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन्।

त्यसो त भारतलेपनि दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका खम्बा सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनलमा गुमाइसकेको छ।

भारतको तर्फबाट अहिलेसम्म गोल गर्ने खेलाडी २ जना मात्र हुन् । कप्तान सुनिल क्षेत्रीले व्यक्तिगत ४ गोल गरेका छन् भने मनवीर सिंहले १ गोल गरेका छन् । नेपालका लागि खतरा भनेकै सुनिल क्षेत्री हुन् ।

उनी केही कारण कमजोर हुने हो भने वा उनलाई छेकबार लगाउन नेपाल सफल भए फाइनल सहजै जित्नेछ । नेपाललाई हार्दिक शुभकामना !

सम्बन्धित खबरहरु