काठमाडौ । नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडीको सूचीमा पुगेका नेपालका एकमात्र खेलाडी हुन् ।

उनको कप्तानीमा साफ च्याम्पियनसिप फुटबलमा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । यो पटक किरणले आफ्नो कप्तानीमा देशलाई फाइनलमा पुर्याए ।

नेपाल फाइनलमा पुगेपछिको अन्तर्रवार्तामा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी किरणले खुलेर नै प्रसंशा गरेका छन् । उनले आफ्नो खेल जीवनमा धेरै प्रशिक्षकहरुसँग काम गरेको बताउँदै अहिलेका प्रशिक्षकहरु बाबु जस्तै बनेर काम गरिरहेको खुलाए ।

उनले भने धेरै कोचहरुसँग काम गरिसके तर अहिलेको कोचहरु कोच मात्र हैन लाइक फादर जस्तै हुनुहुन्छ ।

फुटबलमा टिमको जीतमा सधैँ प्रशिक्षकको हात रहने गर्छ । टिमको नजितामा प्रशिक्षक फ्रन्ट लाइनर हो ।

त्यही भएर टिमको हार वा जीतमा प्रशिक्षकको पनि नाम स्वतः जोडिएर आउँछ । टिमको प्रदर्शन राम्रो नहुँदा प्रशिक्षक बर्खास्त हुने वा आफैँ टिम छोडेर जाने गरेका उदाहरण पनि प्रशस्तै छन् । त्यहि भएर प्रशिक्षकको जागिर स्थायी होइन‚ करारको हुन्छ । टिमले गर्ने प्रदर्शन र ओनर (क्लब, देश) ले गरेको विश्वासले यो यात्रा कति लामो हुने भन्ने तय हुन्छ ।

एएफसीले सार्वजनिक गर्ने साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्बाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ यसअघिपनि बनेका हुन् ।

त्यसो त नेपालले बंगलादेशलाई पराजित गरी ३७ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय ट्रफीका रुपमा थ्री नेशन्स कपको उपाधि उचालेको थियो । अब उनकै कप्तानीमा साफ च्याम्पियनसिपको कप उचालेर नेपाललाई विश्वभरीका देशहरुको माझ पुर्याउनेछन् ।

 

सम्बन्धित खबरहरु