काठमाडौ । चितवनमा सामान्य विवादका क्रममा थप्पडलगाउँदा भुइँमा ढलेर एक जनाको मृत्यु भएको छ।

विवादका क्रममा थप्पड लगाउँदा भुइँमा ढलेर मृत्यु हुनेमा भरतपुर महानगरपालिका–४ रामघाट निवासी भीमबहादुर विश्वकर्मा हुन् ।

रामघाटस्थित दुर्गा चोकमा मदिरा पिएका विकलाई त्यही ठाउँका दिलिप श्रेष्ठले सामान्य विवादमा थप्पड लगाएका थिए ।

त्यसपछि भुइँमा ढलेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार थप्पड लगाएपछि ढलेका उनको टाउकोमा चोट लागेको थियो ।

भुइँमा ढलेर चोट लागेका उनको उपचारका लागि स्थानीयबासीले चितवन मेडिकल कलेज लगेका थिए ।

तर उपचारको क्रममा मृत्यु भएको हो। थप्पड हान्ने श्रेष्ठलाई पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दामा कारबाही थालिएको छ।

सम्बन्धित खबरहरु