काठमाडौ । राजधानी काठमाडौमा माता दुर्गा भवानीको प्रसाद नै बिक्रिका लागि ठेलामा राखिएको छ ।

घरमा घटस्थापनाका दिन जमरा राख्न नसक्ने र टीका समेत बनाउँन नजान्नेका लागि जमरा र टीका बिक्रिमा राखिएको हो ।

नयाँ बानेश्वर चोकमा ठेलामा सिन्धुलीकी मनिषा कार्कीले यसको व्यपार गरिरहेकी थिइन् । दुई बर्ष अघि भने यसको गज्जबको व्यपार भएको उनको भनाई छ । काठमाडौमा धेरै डेरामा बस्नेहरु हुनुहुन्छ ।

उहाँहरुले कोठामा जमरा राख्नुहुन्न । तर सबैले टीका जमरा लगाएर फोटो खिचेर तस्वीर फेसबुकमा राख्ने र भिडियो बनाएर टिकटकमा राख्ने भएकाले यो फेशन नै बनेको छ उनले भनिन् ।

यसैले उहाँहरुको अभाव टार्न हामीले तीन बर्षदेखि टीकाको दिन यसको व्यपार गरिरहेका छौ मनिषाले खुलाइन् । गत बर्ष भने जमरा निक्कै बिकेको उनको भनाई छ । पोहोर काठमाडौमा बस्नेहरु आफ्नो मुलघर जानुभएन ।

निक्कै जमरा बिक्रि भएको थियो । अहिले भने डेरामा बस्नेहरु प्रायः मुलघर गएकाले खासै बिक्रि भएको छैन ।

अब बिक्रि भएन भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन् अब बिक्रि भएन भने जुस पसलमा लगेर दिन्छौ । त्यहाँ जमराको जुस बिक्रि हुन्छ ।

 

सम्बन्धित खबरहरु