काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विजयादशमी (दशैँ) को टीका लगाएर र लगाइदिएर मनाउनुभएको छ ।

उहाँले सहकर्मीहरूलाई टीका लगाइदिएर र आफूले लगाएर दशैँ मनाउनुभएको हो ।

राजदूत यान्छीले नेपाली सहकर्मीहरूसँग दशैँ मनाउन पाउँदा खुसी लागेको बताउनुभएको छ ।

‘मेरा नेपाली सहकर्मीहरूसँग दशैँ मनाउन पाएकोमा खुशी छु‚’ यान्छीले सामाजिक सञ्जालमा लेख्नुभएको छ‚ ‘सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु।’

उहाँले हरेक नेपाली चाडपर्व मनाउँने गर्नुहुन्छ । यान्छीले पोष्ट गरेका तस्वीरहरमा धेरै नेपालीले प्रतिक्रियामा सहभागी जनाउँनुभएको छ । धेरैले लेख्नुभएको छ जति प्रसंशा गरेपनि सायद कम नै हुन्छ ।

तपाईले नेपालमा रहेर नेपाल र चीनबीचको सम्बन्ध विस्तारका लागि दिएको योगदान अतुलनीय छ । अति सक्षम र सफल कुटनीतिज्ञ जस्ता कमेण्टहरुले उहाँको पोष्ट भरिएको छ ।

 

सम्बन्धित खबरहरु