काठमाडौ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दशैँको टीका लगाउनुभएको छ । उहाँले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका लगाउनुभएको हो ।

दूतावासका परिवारसँग उहाँले विजयादशमीको टीका लगाएर खुशीयाली बाँड्नुभयो । दूतावासका कर्मचारीबाट टीका लगाउनुभयो र कर्मचारीहरुलाई टीका लगाइदिनुभयो ।

नेपाली चाडबाडमा सक्रियतासाथ सहभागी हुने राजदूत बेरीले मान्यजनबाट टीका तथा जमरा लगाएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको छ ।

आफूले टीका ग्रहण गरेपछि उहाँले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिनुभएको छ ।

तस्वीरलाई दूतावास अफिसियल पेजमा समेत राखिएको छ । क्याप्सनमा लेखिएको छ तपाईंको दशैँवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ?

नेपालस्थित अमेरिकी मिशनको चाँही यस्तो छ। टीका कोजग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ।

सम्बन्धित खबरहरु