काठमाडौ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी समलिंगी हुनुहुन्छ । उहाँ शुरुदेखि नै खुलेर आफ्नो लैगीक परिचय दिने एक कुटनीतिज्ञमा पर्नुहुन्छ ।

बाराका ओबामा राष्ट्रपति भएको बेला ओबामा प्रशासनले रेन्डी बेरी लेस्बियन, समलिंगी, उभयलिंगी र ट्रान्सजेण्डर (एलजीबीटी) मानिसहरुको बिरुद्ध हुने भेदभावको उन्मूलनका लागि विशेष दूत नै बनाएको थियो ।

उहाँ त्यो बेला नेदरल्याण्डमा विदेश सेवा अधिकारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ पहिले नै खुलेको समलिंगी उच्च अधिकारी हुनुहुन्थ्यो ।

उहाँले भारतिय प्रवेश सिंहसँग विवाह गर्नुभएको छ । उहाँहरु एक अर्का श्रीमान–श्रीमती भनेर भन्दापनि “स्पउज” (पति–पत्नी) भनेर एक अर्कालाई परिचय गराउँनुहुन्छ । उहाँहरुका २ जना बच्चा छन् ।

अमेरिकाले लेस्बियन, समलिंगी, उभयलिंगी र ट्रान्सजेण्डर (एलजीबीटी) बिरुद्ध हुने भेदभावलाई गम्भीर प्रकृतीको मानव अधिकार हननमा राखेको छ । उनीहरुको हक अधिकारका लागि अमेरिका अग्रणी स्थानमा छ ।

संसारभरिका देशहरुमा लेस्बियन, समलिंगी, उभयलिंगी र ट्रान्सजेण्डर (एलजीबीटी) आचरणलाई आपराधिक बनाउने कानूनहरुलाई उल्टाउने काम अमेरिकाले गरिरहेको छ ।

ओबामा प्रशासनले लेस्बियन, समलिंगी, उभयलिंगी र ट्रान्सजेण्डर (एलजीबीटी) मुद्दाहरूलाई झनै विशेष प्राथमिकता दिएको देखिन्छ । बेरीले त्यो बेला राज्य विभागमा यस्तो मुद्दाहरुका लागि समर्थन जुटाउन मद्दत गर्ने कार्यमा विशेष भूमिका निर्वाह गर्नुभएको छ ।

विश्वभरी हुने भेदभावपूर्ण नीतिहरु र अभ्यासहरु विरुद्ध बलपूर्वक बोल्नुभएको छ ।

बेरीले नाइजेरिया, गाम्बिया र रसिया सहित विश्वका धेरै देशहरुमा समलिंगी गतिविधिलाई आपराधिक बनाउने कानून र व्यवहार उल्ट्याउन योगदान गर्नुभएको छ ।

सम्बन्धित खबरहरु