एजेन्सी । आज पापाङ्कुशा एकादशी । आश्विन महिनाको शुक्ल पक्षमा पर्ने एकादशी तिथीलाई पापाङ्कुशा एकादशी भनिन्छ ।

यस तिथीलाई नेपाल र भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गरेर एक पर्वको रूपमा मनाउने गर्दछन् । आज देशभर पापांकुशा एकादशी मनाइँदै छ।

दशैँको टीकाको भोलिपल्ट पर्ने यो एकादशीको आफ्नै विशेष महत्व छ। आजको दिन बिहानै उठेर नुहाइ–धुवाइ चोखो कपडा लगाएर व्रत सुरु गर्ने गरिन्छ। पूजापाठ र मन्दिर दर्शनपछि एकादशी महिमा सुन्ने चलन पनि छ।

आजको एकादशीमा व्रत बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फबाट दश पुस्ता पितृहरुले बैकुण्ठ प्राप्त गर्ने शास्त्रीय मान्यता तथा जनविश्वास छ।

दशैँमा बलि दिइने र त्यसकै सेरेफेरोमा पर्ने हुनाले बोलीचालीको भाषामा मानिसहरुले पापकुंशा एकादशीलाई ‘गिद्दे एकादशी’ पनि भन्ने गर्दछन्। आज सुन, तिल, जौ, अन्न, भूमी, छाता र जुत्ता दान गर्नाले मृत्युपछि स्वर्गलोक प्राप्त हुने विश्वास रहिआएको छ। आज तुलसी, बर पिपललाई पानी चढाउने गरीन्छ ।

 

सम्बन्धित खबरहरु