काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा ठूलो पहिरो जान थालेको छ ।

चुनाव आसपासमा भने धेरैले नै माओवादी छोड्ने तयारी गरेका छन् । हालै मात्र तीन दशक भन्दालामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय नेकपा माओवादी प्रदेश नं १ प्रदेश कमिटीका सदस्य समेत कयौँले माओवादी छोड्नुभएको छ ।

माओवादी निकट दलित मोर्चा झापाका जिल्ला सचिव ललित विश्वकर्मा सहित केही माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार झापामा उहाँलाई एमालेमा स्वागत गर्नुभएको हो ।

केपी शर्मा ओलीको निवासमा ओली कै हातबाट अविर र खादा लगाएर विश्वकर्मा एमालेमा प्रवेश गर्नुभएको हो ।

ललित विश्वकर्माले माओवादी परित्याग गरे सँगै जिल्लामा माओवादी कमजोर भएको छ । अरु कयौँपनि एमालेमा आउने तयारीमा हुनुहुन्छ ।

सम्बन्धित खबरहरु