काठमाडौ । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालबिरुद्ध भारतको लगातार दुई गोल भएको छ ।

शसनीपूर्ण गोलले भारत स्तब्ध बनेको छ । भारतका सुनिल क्षेत्रीले ४९ मिनेटमा एक गोल गरे भने ५० मिनेटमा सुरेश सिंह वांगजामीले अर्को गोल गरे । अहिले नेपाल शुन्य बिरुद्ध २ गोलमा खेलिरहेको छ ।

खेलमा नेपालले रक्षात्मक खलिरहेको छ भने भारतले आक्रमक खेल्ने रणनीति अपनाएको छ । नेपालले ४–५–१ को समिकरणमा खेलिरहेको छ भने, भारतले ४–३–३ को समिकरणमा खेलिरहेको छ ।

यो समिकरण नेपालको रक्षात्मक हो भने भारतको आक्रमक हो । नेपालले गोल हान्यो भने नेपालले इतिहास रच्नेछ । भारतले भने ८ औ पटक जित्नेछ ।

भारतविरुद्ध खेल्ने नेपालको टोली मैदानमा छन् । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनलका लागि नेपाली टोलीको सुरुआती लाइनअपमा छन् ।

नेपालले यसअघि राउन्ड रोबिन स्वरुपको प्रतियोगिताको शीर्ष दुईमा परेर फाइनलमा स्थान सुरक्षित गरेको हो । साफ च्याम्पियनसिपमा यो नेपालको पहिलो फाइनल हो ।

प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको भएपनि अब उपाधि नै जित्ने तयारीमा लागेको छ । भारत भने दक्षिण एसियामा आफ्नो दबदबा कायम राख्न चाहन्छ ।

घोषित टिममा कप्तान तथा गोलरक्षक किरण लिम्बूसँगै अनन्त तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, सुमन लामा, तेज तामाङ, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, रोहित चन्द छन् ।

निश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट समृद्ध छ।

त्यहाँ भारतीय फुटबल खेलाडीहरूको प्रसिद्ध फुटबल प्रतियोगिता आइपीएल चल्छ, जुन धेरै दर्शकले हेर्ने विश्वको चर्चित फुटबल प्रतियोगितामध्येको एकमा पर्छ।

उनीहरू सार्क क्षेत्रभन्दा माथि उड्ने अभियानमा लगातार मेहनत गरिरहेका छन्। साफ च्याम्पियनसिप त भारतले सातपटक जितिसक्यो ।

नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। नत्र टोली सेमिफाइनलसम्म पुगेर रोकिँदै आएको थियो। तर दुई टोलीको वर्तमान अवस्था भने विल्कुलै फरक देखिएको छ।

साफ फुटबल
एकातिर भारतलाई माल्दिभ्समा आफ्नो शैलीमा आउन निकै समय लाग्यो। नेपालले भने पहिलो दिन देखिनै प्रभाव जमाउँदै आएको छ।

फेरि नेपाल र भारतबीचको फुटबल भिडन्तमा भारतलाई कहिल्यै पनि सजिलो भएको छैन। भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीको भनाइ सापटी लिने हो भने उनले भनेका छन् ( जहाँ र जुनसुकै परिस्थितिमा पनि भारतको लागि नेपाल कहिले पनि सजिलो प्रतिस्पर्धी होइन।

नेपाल भारतको पछिल्लो ताजा भेटकै उदाहरण लिउँ। गत महिना नेपालमा खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो १–१ गोलको बराबरीमा टुङ्गियो भने दोस्रो २–१ को संघर्षपूर्ण खेलमा नेपाल पराजित भयो। साफ च्याम्पियनसिपको लिग चरणमा भएको भेटमा पनि भारतले अन्तिम समयमा १ गोल गरेर नेपाललाई हराएको हो।

 

सम्बन्धित खबरहरु