काठमाडौ । मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित National Defence College मा संचालित National Defence Course-2021 मा सहभागी Faculty, Course Member तथा Spouses सम्मिलित Rear Admiral Dhiren Vig को नेतृत्वमा रहेको ३९ सदस्यीय भ्रमणदलले मिति २०७८ आश्विन ३१ गतेदेखि मिति २०७८ कार्त्तिक ०६ गतेसम्म नेपाल भ्रमण गर्ने भएको छ ।

भ्रमणको सिलसिलामा उक्त Delegation Team ले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने छन् । ७ दिवसीय भ्रमणको कार्यक्रम रहेको उक्त टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हे.क्वा. पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् ।

यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीको भ्रमणलगायत नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागि शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा संचालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको छ ।

छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु