काठमाडौं । नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । गोरखामा भूकम्पको धक्का महसुस भएको हो । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो ।

४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

नेपालमा गएका भूकम्पहरूको विवरण

अन्य शास्त्रमा जस्तो औसत निकाल्न मिल्ने भए करिब आठ सय वर्षको यो विवरण हेरेर हामी हरेक १६ वर्षमा एउटा भूकम्प जानसक्छ भन्न सक्थ्यौँ। तर इतिहासमा न यस्तो औसत निकाल्न मिल्छ न त त्यसो गर्नु वैज्ञानिक नै हुन्छ।

यसरी औसत निकाल्न किन पनि मिल्दैन भने कुनैकुनै साल एकै वर्षमा धेरैपटक भूकम्प पनि गएका छन्। यसले नेपाल भूकम्पको जोखिममा रहेको कुरालाई भने स्पष्ट पार्छ।

इतिहासका यी विवरणहरूको विश्लेषण गरेर भूकम्पविद्याविद्हरूले आफ्नै ढङ्गले वैज्ञानिक विश्लेषण पनि गर्न सक्लान्। नेपालमा अभिलेख राख्ने राम्रो परम्परा नभएकोले यस्ता भूकम्प यी भन्दा धेरै नै बढी गए होलान् भनी अनुमान गर्न सकिन्छ।

भूकम्पको इतिहासको जे जति खोजी भयो त्यो पनि एकाध मानिसको व्यक्तिगत प्रयासमा भएकोले यो निकै अपूर्ण छ। भूकम्पको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तर्फबाट प्रशस्त खर्च भइरहेको छ। भूकम्पको इतिहासको खोजीमा योग्य व्यक्तिहरूलाई जिम्मेवारी सुम्पेको खण्डमा अझ बढी प्रकाश पर्थ्यो कि जस्तो लाग्छ।

सम्बन्धित खबरहरु