काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबलमाथि अन्याय भएको बताएका छन् ।

हिजो भारतविरुद्धको फाइनल खेलमा एकाएक बन्देज खेप्नुपरेपछि अल्मुताइरीले दक्षिण एसियाली फुटबल (साफ) ले आफैँले बनाएको नियमको पालना नगरेर नेपाललाई अन्यायपूर्ण व्यवहार गरेको दावी गरेका छन् ।

“नेपाली फुटबलमाथि अन्याय भएको छ । साफले आफैँले बनाएको नियमको पालना गरेन । यदि उनीहरू हाम्रो प्रतिद्वन्द्वीले जितोस् भन्ने चाहन्छन् भने ट्रफी नै दिँदा हुन्थ्यो ।

तर, म सत्यका लागि लड्नेछु,” उनले भनेका छन्, “हामी मैदानबाट जित्नका लागि लड्यौँ त्यो सम्भव भएन अब अदालत जान्छौ । हामी न्याय चाहन्छौँ र कोर्ट अफ आर्बिट्रेस फर स्पोर्टस् (सीएएस), विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल सङ्घ (एएफसी) जानेछौँ उनले भने ।”

प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएको भन्दै उनलाई साफले फाइनल खेलमा उपस्थिति हुन प्रतिबन्ध लगाएको थियो ।

नेपालका फर्वाड अञ्जन विष्टले पनि फाइनल खेल गुमाएका थिए । अञ्जन विष्टले लगातारका खेलमा पहेँलो कार्ड पाएकाले उनीमाथी प्रतिबन्ध लाग्नु सामान्य थियो ।

तर अल्मुताइरीले प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएका थिए । एक अर्को खेलमा ग्याप भएको खण्डमा प्रतिवन्ध लाग्दैन थियो ।

विश्वभरी कै फुटबलमा त्यही हुन्छ । तर प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएका अल्मुताइरीलाई दक्षिण एसियाली फुटबल (साफ) ले प्रतिबन्ध लगायो । जुन उसैले बनाएको नियम विपरित समेत हो ।

सम्बन्धित खबरहरु