काठमाडौ । दशैं बिदा पछि कारोबार खुला भएको आज पहिलो दिन शेयर कारोबार ह्वात्तै बढेको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । नेप्से परिसूचक १७ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अंक्ले बढेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कारोबारमा भने उल्लास देखिएन ।

कारोबार रकम १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा रोकिएको छ । आज म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर बढेको छ । सबै क्षेत्रमा आज हरियो बत्ति बलेको छ ।

सबैभन्दा बढी होटल एण्ड टुरिजममा ३ दशमलव ५१ प्रतिशतले बढेको छ । म्युचल फण्डमा भने शुन्य दशमलव ७५ प्रतिशतले ओरालो लागेको छ ।

सम्बन्धित खबरहरु