धनगढी। कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको कर्तव्य ज्यान गराएको अभियोगमा महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ।

कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो।

उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको कर्तव्य ज्यान गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिनुभयो ।

अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको बताउँदै एसपी अधिकारी शुक्रबार राति दुवै जनालाई रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको पाइएको छ । ‘रमेश चौधरीले आफ्नो घर नजिकै परालको थुप्रोमा दुवै जनालाई राति आपत्तीजनक अवस्थामा देखेको रहेछ।

सो क्रममा आवेगमा आएर विष्णुमाथि खनिएको देखिन्छ,’ एसपी अधिकारीले भन्नुभयो, ‘सोही क्रममा विष्णुले प्रतिकार गरेर अमृतासँग मिलेर खेतमा घाँटीमा दवाव दिएर सिध्याएको पाइएको छ ।’

उनीहरुले रमेशको कर्तव्य ज्यान गरिसकेपछि राति नै मृत शरीर बोकेर खुटिया नदी नजिकैको चौरमा फालेर घटनाबारे कसैलाई नबताउने शर्तमा दुवै जना घरतर्फ लागेको अनुसन्धानका क्रममा पाइएको उनले बताए।

मृतक चौधरीका तीन वर्षीया छोरा छन्। यसअघि प्रहरीले उक्त अभियोगमा संलग्न भएको आशंकामा अन्य दुईजनालाई समेत पक्राउ गरेको थियो। तर उनीहरुको संलग्नता नदेखिएपछि छाडिएको प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु