नयाँ दिल्ली । अचानकको वर्षा र बाढीबाट १८ जनाको मृत्यु भएको छ भने दर्जनौ बेपत्ता भएका छन् ।

भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । अरू दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ ।

पहिरोमा परेर दर्जनौ बेपत्ता भएका बताइएको छ । दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।

कोट्याम जिल्लामा बढीले बढी क्षति पुर्‍याएको एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश इदुकी र कोट्याम जिल्लाका रहेका छन् ।

आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरू पनि अवरुद्ध भएका छन् ।

मौसम् विज्ञान विभागका अधिकारीहरूले आइतबार पनि वर्षा कायमै रहने बताएका छन् । रासस/सिन्ह्वा

सम्बन्धित खबरहरु