काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ ।

एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत लिइएको छ । साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

यता केन्द्रीय सदस्य चयनमा नेताहरुको असन्तुष्टी बढेको छ । केन्द्रीय सदस्य चयनमा विधि र पद्धतीको कुरा गरिए पनि त्यसअनुसार नभएको भन्दै असन्तुष्टी देखिएको हो ।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केन्द्रीय कमिटी गठनमा असन्तुष्टी जनाउनुभएको छ । उहाँले शनिबार फेसबुकमार्फत आक्रोश पोखेको देखियो ।

एकीकृत समाजवादीमा सबै जनसंगठनका प्रमुखलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय भए पनि अनेरास्ववियूबाट केन्द्रीय कमिटीमा समेटिएका छैनन् । अरु जनसंगठनबाट केन्द्रीय कमिटीमा लगिएको र अनेरास्ववियूका अध्यक्षको हैसियतमा आफूलाई केन्द्रीय कमिटीमा नसमेटिएपछि उहाँले असन्तुष्टी जनाउनुभयो । नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् । 

सम्बन्धित खबरहरु